Lucky-Khabar_

२ करोडभन्दा बढीको सुनचाँदीसहित काठमाडौंमा ९ भारतीय पक्राउ

३ वैशाख,काठमाडौं ।काठमाडौं तस्करीको २ करोड रुपैयाँभन्दा बढीको सुनचाँदीसहित ९ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न स्थानबाट ती ९ भारतीयलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।

content ad p2

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोस्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली रहेका छन्।

यी समूहले भन्सार छली गरी बिना बिलबिजक सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एस पी तथा प्रवक्ता अपील राज बोहराले जानकारी गराए। प्रहरीले उनीहरूलाई सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट पक्राउ गरेको हो।

प्रहरीले जोरपाटी, कपन र चाबहिलका टन्च हाउसबाट १ किलो ७६.५१८ ग्राम सुन बरामद गरेको छ, जसको अनुमानित मूल्य १ करोड ७० लाख १० हजार ६० रुपैयाँ रहेको छ।

त्यस्तै १८ किलो ४५.५२१ ग्राम चाँदी पनि बरामद गरेको छ, जसको मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले बताइएको छ। उनीहरूको साथबाट ८ लाख २७ हजार ५ सय नेपाली र ११ हजार ७ सय भारतीय रुपैयाँ नगद पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व विभाग हरिहर भवन पठाइएको प्रहरीले जानकारी गराएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर