Lucky-Khabar_

वीरगञ्जमा ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी,कोणसभा गरि सम्पन्न

२० बैशाख, वीरगञ्ज । वीरगञ्जमा ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा आज प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वतन्त्र र जिम्मेवार प्रेसको महत्त्वमाथि जोड दिइएको थियो ।

घण्टाघरबाट सुरु भएको प्रभातफेरी माइस्थान, आदर्शनगर,अलखिया मन्दिर  हुँदै विभिन्न स्थान परिक्रमा गरी पुनः घण्टाघरमा कोणसभामा परिणत भएको थियो ।वक्ताहरूले  कोणसभामा प्रेस स्वतन्त्रता संरक्षण, पत्रकार सुरक्षाको प्रत्याभूति, र उत्तरदायी पत्रकारिताको अभ्यासका विषयमा आफ्ना धारणा राखेका थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारीले पछिल्लो समय प्रेस स्वतन्त्रता हननको दर बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकारितामाथिको हस्तक्षेपप्रति राज्य संयमित हुनुपर्ने बताए ।

महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरूमाथि भइरहेका धम्की र आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरे ।

कार्यक्रममा महासंघका लेखा समिति संयोजक केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालसहित पत्रकार, नागरिक समाज र विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर