२०बैसाख,काठमाडौं|आज अष्ट्रेलियामा चुनाव समपन्न भएको छ |

चुनावको परिणाम अनुसार लेबर पार्टीको दोस्रो पटक विजयी भएको छ । लेबर पार्टीको नेता एन्थनी एल्बानिज दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको छ ।
पार्टी कार्यलयमा मन्तव्य दिदै एल्बानिजले विजयको घोषणा गर्नु भयो ।एल्बानिजले विपक्षी दल लिबरलका नेता पिटर डटनलाई धन्यवाद दिदै पिटर र उनको परिवारलाई सुखद भविष्यको समेत शुभकामना दिनुभयो ।

जनताको जीवन उकास्न धेरै काम गर्न बाकी रहेको भन्दै प्रधानमन्त्री एन्थनीले जनताको विश्वासलाई हल्का रुपमा नलिने बताउनु भयो । त्यस्तै उनले आब आउने दिनमा अझ सशक्त र उर्जाशिल भएर जनताका लागि काम गर्ने बताएको छ ।


