Lucky-Khabar_

न्या लुगा किन्दिने प्रलोभन देखाएर नाबालिगकालाई रक्सौलमा लगेर यौन धन्दा गराउने खातुन पक्राउ

२९बैसाख,वीरगञ्ज । नयाँ लुगा किन्दिन्छु भन्ने प्रलोभन दिएर एक नाबालिगकालाई भारतको रक्सौलमा लगेर यौन धन्दामा लगाउने प्रहरीले खातुनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – १६ नगवाकी २४ वर्षीय आलिया खातुन रहेकी छन् ।

content ad p2

आलियाले नगवाकै विपन्न परिवारकी अन्दाजी १४ वर्षीय एक नाबालिगकालाई नयाँ लुगा किन्दिने र पैसा पनि दिने प्रलोभन दिएर वैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् । त्यहाँ आलियाले नाबालिगकालाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौन धन्दामा लगाएकी थिइन् ।

नाबालिगकाका अभिभावकले छोरी घरबाट सम्पर्कविहीन भएपछि खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि खोजतलासमा खटिएको प्रहरीले आलिया र नाबालिगका दुवै जना आलियाको घरमा रहेको सूचना शुक्रवार मध्यरातमा पाएको थियो ।


शनिवार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलियाको घरमा पुगेर छापा मारेर नाबालिगकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

प्रहरीसँगको बयानका क्रममा पीडित नाबालिगकाले आफूलाई आलियाले झुक्क्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरुष ग्राहकसँग पैसा लिएर आफूलाई यौन धन्दामा लगाएको बताएको एसपी मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेकी आलियाले यसभन्दा पहिला पनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौन धन्दामा लगाउने गरेको खुलेको छ ।

आलियाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

मिश्रले आफूले पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हाले यताको पछिल्लो ३ महिनाको अवधिमा मात्रै जिल्ला प्रहरी कार्यालय पर्सामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा ८ वटा मुद्दा दर्ता भएको जानकारी दिए । उक्त मुद्दामा ८ जना पक्राउ परेको र तीमध्ये ५ जनालाई अनुसन्धान सकाएर पुर्पक्षका लागि कारागारमा पठाइएको र बाँकी ३ जना अनुसन्धानकै क्रममा प्रहरी थुनामा रहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर