Lucky-Khabar_

वीरगन्ज सहरको मुख्य नाला सफाई गर्दै तीव्र, बाढी जोखिम न्यूनीकरणका लागि महानगर सक्रिय

राम आर्य
१३ जेठ,वीरगञ्ज ।वीरगन्ज सहरको मुख्य नाला सफाई गर्दै तीव्र, बाढी जोखिम न्यूनीकरणका लागि महानगर सक्रियले तीव्रता पाएको छ।

content ad p2


वीरगन्ज सहरको बीच भागमा रहेको करिब ३ कि.मि.ठूलो नाला निर्माण भए यता सफाई नभएका कारण हरेक वर्षायाममा पानी परेका बेला पानीको निकास थुनिएर वीरगन्जको सहरी क्षेत्र डुबानमा पर्दै आएको छ।

महानगरपालिकाले पहिलो पटक यसलाई मध्यनजर गरेर ठूलो नालाको सफाई गरिरहेको हो। जिल्ला हुलाक कार्यालय अगाडिदेखि पानगल्ली, लाठ गल्ली, आदर्शनगर हुँदै वीरगन्ज भन्सारसम्मको करिब तीन किलोमिटर मुख्य ठूलो नालाको सफाईको काम विगत एक महिनादेखि चलिरहेको प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बताए।


निर्माण भएयता अहिलेसम्म एक पटक पनि सफाई नगरिएका कारण ठूलो नाला लेदो, फोहोर लगायतले पुरिएका कारण हरेक वर्षायाममा पानी परेका बेला निकास थुनिएर वीरगन्ज सहर डुबानमा पर्दै आएको उनले बताए।

वर्षामा वीरगन्ज सहरलाई डुबानबाट जोगाउनकै लागि ठूलो नाला पहिलो पटक विशेष रूपमा सफा गर्न थालिएको उनले बताए। उनले भने,‘यो नाला बनेदेखि यता एकपटक पनि सफाई नभएको वीरगन्जवासी बताउँछन्। लेदोसहितको फोहोरले ८/९ फिटसम्म नाला पुरिएको रहेछ। पुरै नाला नै पुरिएपछि वर्षाको पानीले निकास नै नपाएर सहरी क्षेत्र डुबानमा पर्दै आएको छ।’

वीरगन्ज महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले बताए अनुसार ठूलो नालाको सफाईमा विगत एक महिनादेखि ४ वटा एक्साभेटर र ५/६ वटा ट्र्याक्टरसँगै १० भन्दा बढी सफाईकर्मी खटाइएको छ । एक्साभेटर र ट्रयाक्टर लगाएर बिहानदेखि मध्यरातसम्म ठूलो नालाको सफाईको काम चलिरहेको उनले जानकारी दिए।

उनले बताए अनुसार ठूलो नाला सफाईमा महानगरपालिकाले अपुग एक्साभेटर र ट्रयाक्टर भाडामा ल्याएर प्रयोग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए। ठूलो नालाको सफाईमा ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने अनुमान रहेको । उनले भने, ‘हामीले १० दिनमै काम सकिन्छ भनेर अनुमान गरेका थियौं। तर एक महिना भयो अहिलेसम्म आधाभन्दा केही बढी मात्रै नाला सफा भएको छ। अझै कम्तीमा ३ हप्ता जति लाग्छ होला।’ महानगरका मेयर राजेशमान सिंहले ठूलो नाला सफा गरिएपछि यसवर्ष वर्षायाममा वीरगन्ज सहर डुबानमा नपर्ने अपेक्षा गरिएको बताए।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर