Lucky-Khabar_

प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार वृक्षारोपण कार्य निरन्तरता

लालबाबु सिंह,राम आर्य
२३जेष्ठ वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान नेपालले लगातार वृक्षारोपण कार्यलाइ निरन्तरता दिएको छ । वीरगन्जको अलौमा अवस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गर्दै लगातार दोस्रो दिन वृक्षारोपण कार्य सम्पन्न गरेको हो ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका सहसचिव अबिनाश झाको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण पुजाराको बिशेष सहभागितामा आँप,लिची, निम,धुप, जकरण्ड,गुलमोहर,अर्जुन लगायत १५ थान बिरुवा रोपन गरिएको हो । सो अवसरमा प्रतिष्ठानका सदस्यहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,युवा समजसेवी केदार गुप्ता एवं गुल्मका सशस्त्र प्रहरीहरुको उपस्तिथि रहेको थियो ।

सो अवसरमा सशस्त्र प्रहरी नायब उपरीक्षक पुजराले हामिसबैले हामी सबैको जिवनदायिनी वातावरणको संरक्षण गरि सम्मान गर्नु पर्दछ र प्रकृति सेवा प्रतिष्ठान नेपालले वातावरण प्रती गरेको वृक्षारोपण लगायतका अमुल्य कार्यहरुको खुलेर प्रसंशा गर्दै सम्पुर्णलाई हातेमालो गरि वातावरण जोगाउन आग्रह गर्नु भयो ।

content ad p2

सो अवसरमा प्रतिष्ठानका सहसचिव झाले “हरियो सफा र स्वस्थ वीरगन्ज,प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगन्ज ,” धरती लाई बचाऔं वातावरण लाई जोगाऔं ” को मुलमन्त्रलाइ आत्मसात गरि प्रतिष्ठानले प्रत्येक वर्ष झै विश्व वातावरण दिवसको पुर्वसन्ध्यामा विगत १८ गते देखि २० गते सम्म ३ दिन सरसफाइ र चौथो दिन २१ गते बुधबार साइकल रैली आयोजन, हिजो २२ गते मुख्य दिन विश्व वातावरण दिवसमा श्री शारदा माध्यमिक विद्यालय बहुअरीमा विभिन्न प्रजातिका ७५ थान रुख वृक्षारोपण कार्यक्रम र वातावरण दिवसको भोलि पल्ट शुक्रबार सशस्त्र प्रहरी गुल्म अलौमा आएर वृक्षारोपण गरि प्रकृति प्रती आफ्नो जिम्मेवारीपुर्ण प्रतिबद्धता जनाएको हौ ।
वातावरण दिवसको अवसरमा पुर्वगोषित ५ दिने कार्यक्रम लगायत आज र वर्ष भरिनै विभिन्न स्थानहरुमा वृक्षारोपण को साथै विभिन्न कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रमको आयोजना गरि जनजागृती फैलाएर वातावरणको सेवा सम्मान एवं संरक्षण गर्न आग्रह गर्ने गरेको बताउँदै सहभागी सशस्त्र गुल्म अलौका डिएसपी पुजारा लगायत सम्पुर्ण सशस्त्र प्रहरीहरु र प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति झाले आभार ब्यक्त गरेका थिए ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर