Lucky-Khabar_

नेपाल शिक्षा र आयमा सुधार हुँदा औसत आयु घट्दै मानव विकास सूचकाङ्कमा १४५औं स्थानमा

२८जेठ, वीरगञ्ज । नेपाल शिक्षा र आयमा सुधार हुँदा औसत आयु घट्दै मानव विकास सूचकाङ्कमा १४५औं स्थानमा भएको छ| संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा आएको हो ।

प्रतिवेदन अनुसार शिक्षा, स्वास्थ्य र आम्दानी सूचकहरूमा नेपालको प्रगति मध्यम श्रेणीको रहेको छ । यसले नेपालको विकास गति मन्द र स्वाभाविक रहेको देखाउँछ । नेपालको सूचकाङ्क मानयस वर्ष ० दशमलव ६२२ रहेको छ । गएको वर्ष ० दशमलव ६०१ थियो । सूचकाङ्क मानमा एक अङ्कले पूर्ण र शून्य अङ्कले अतिकम भन्ने बुझाउँछ ।

मानव विकास प्रतिवेदनमा समग्र मानव विकासका ३ वटा आधारभूत आयामको औसत उपलब्धि मापन गर्ने गरिन्छ । जसमा पहिलो आयु अर्थात् एउटा बच्चा सरदर कति लामो आयु बाँच्छ भन्ने हेरिन्छ । प्रतिवेदन अनुसार नेपालीको सरदर आयु ७० वर्ष ४ महिना देखिएको छ । अघिल्लो वर्ष ७० वर्ष ५ महिना थियो ।दोस्रो आयाम शिक्षा रहेको छ । यसमा भर्ना भएदेखि विद्यालय शिक्षा पूरा गर्न एउटा बच्चाले बिताउनुपर्ने वर्षलाई लिइन्छ । नेपालमा विद्यालय शिक्षा पूरा गर्न १३ वर्ष ८ महिना लाग्ने अनुमान छ । अघिल्लो वर्ष १२ वर्ष ६ महिना थियो ।

content ad p2

तेस्रो आयाम आय रहेको छ । नेपालीको प्रतिव्यक्ति वार्षिक औसत कमाइ ४ हजार ७ य २६ अमेरिकी डलर पुगेको छ । गएको वर्ष ४ हजार २६ डलर थियो ।प्रतिवेदन अनुसार नेपालका सबैभन्दा धनी एक प्रतिशत मानिससँग १३ दशमलव ७ प्रतिशत सम्पत्ति रहेको छ । नेपाल दक्षिण एशियामा अफगानिस्तान र पाकिस्तानभन्दा अघि छ । दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा उच्च ९३औं स्थानमा छ ।

यूएनडीपीले जारी गरेको सूचीमा १ सय ९३ वटा देश रहेका छन् । मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा आइसल्यान्ड, दोस्रोमा नर्वे र तेस्रोमा स्विट्जरल्यान्ड छन् ।

यस वर्षको प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ ? र सम्भावना देखाएको छ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर