Lucky-Khabar_

प्रेस काउन्सिललाईअदालत र प्रहरीले नजरअन्दाज गर्न पाउँदैन प्रेस चौतारीको विज्ञप्ति

२८ जेठ,काठमाडौं ।प्रेस काउन्सिललाईअदालत र प्रहरीले नजरअन्दाज गर्न पाउँदैन प्रेस चौतारीको विज्ञप्ति जारि गरेको छ | नेकपा एमाले निकट प्रेस चौतारी नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशलाई पुनरावलोकन माग गरेको छ।

एक विज्ञप्ति जारी गर्दै चौतारीले प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशसहित समाचारकै विषयमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

‘नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरिएको छ,’ महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित वा प्रसारित सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएको अवस्थामा त्यसको प्रारम्भिक निरूपण र मूल्यांकन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ,’ उसले स्मरण गराउँदै भनेको छ ।

content ad p2

महासचिव हिरामान लामाले जारी गरेको बिज्ञप्तिमा अगाडी भनिएको छ, ‘संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको भन्नेमा हामी प्रष्ट छौं। यसर्थ, प्रेस चौतारी नेपालको दृढ विश्वास छ– सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ।’

त्यस्तै चौतारीले नेपाल प्रहरीको साईबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउन समेत अनुरोध गरेको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर