Lucky-Khabar_

वीरगन्जका उच्च अदालत जनकपुर अस्थायी इजलास न्यायाधीशहरूका १३ जना पिएसओ तानिए

राम आर्य
३० जेठ, वीरगञ्ज ।वीरगन्जका उच्च अदालत जनकपुर अस्थायी इजलास न्यायाधीशहरूका प्रमुख सुरक्षा अधिकृत (पिएसओ) तानिएका छन् । बिहीबार दिउँसो न्यायाधीश खुशी थारूमाथि नेकपा बहुमतका नेताहरूबाट मोसो प्रहार भएपछि १३ जना न्यायाधीशहरूका पिएसओ फेरिएका हुन् ।

त्यस्तै अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोली पनि तानिएको छ । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले न्यायाधीशहरूका १३ जना पिएसओ र सुरक्षामा खटिएका १० जना प्रहरी फिर्ता बोलाइएको बताए ।

प्रहरी नायब उपरीक्षक लम्सालले फिर्ता बोलाइएका न्यायाधीशहरूका नयाँ पिएसओ पठाइएको र अदालतको सुरक्षामा १० जना खट्दै आएकोमा अब १५ जना नयाँ प्रहरी पठाइएको बताए ।

content ad p2

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर