Lucky-Khabar_

रवि लामिछानेको पक्षमा सांसद अमरेशकुमार सिंहद्वारा हस्ताक्षर(भिडियो सहित)

११ साउन,काठमाडौं । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले हस्ताक्षर गरेका छन्।

content ad p2

हाल भैरहवा कारागारमा थुनामा रहेका लामिछानेका पक्षमा सिंहले यस्तो समर्थन उसैबेला जनाएका हुन्, जब सर्वोच्च अदालतले रवि लामिछानेलाई तत्काल निर्दोष देखिने कुनै प्रमाण नरहेको भन्दै थुनामै राख्ने निर्णय सुनाइसकेको छ। डा. सिंहले काठमाडौंको बनस्थलीस्थित घण्टाघर पुगेर लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका हुन्। सो अवसरमा उनले ठूला दलहरूकै कारण देश ३० वर्षदेखि ऋणमा डुबेको आरोप समेत लगाए।


सिंहले भने, “रवि लामिछाने राजनीतिमा आएको जम्मा ३ वर्ष मात्र भएको हो। तर अहिले जताततै भ्रष्टाचार मौलाएको छ। नक्कली भुटानी शरणार्थी काण्ड होस् या वाइडबडी विमान खरिद प्रकरण, यस्ता ठूला भ्रष्टाचारमा भने आजसम्म कुनै छानबिन गरिएको छैन।”सांसद सिंहले लामिछानेविरुद्धको मुद्दामा राजनीतिक प्रेरणा रहेको आशंका पनि व्यक्त गरेका छन्। उनका अनुसार, सस्तो लोकप्रियतामा रमाउने होइन, तर सत्यको पक्षमा उभिनु अहिलेको आवश्यकता हो।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि लामिछानेप्रति समर्थन जनाउने गतिविधिहरू जारी राखिरहेको छ भने सर्वोच्चको अन्तिम निर्णय नआएसम्म कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर