Lucky-Khabar_

रौतहटको रुबी साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको ह ‘त्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ उपचारकै क्रममा मृत्यु भएको छ।

content ad p2

मृतक पासवानले आत्महत्याको प्रयास गर्दै आफ्नो शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गत शनिबार साँझ घरबाट निस्किएकी रुबी आइतबार भारतको मुजफ्फरपुरस्थित घर फर्कनु अघि अनुहारमा फेसियल गराउन ‘रुबी ब्युटी पार्लर’ गएकी थिइन्। पार्लरबाट फर्किएपछि लक्ष्मणले आफ्नै डेरामा बोलाई घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको छ।

सोही राति करिब १० बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ स्थित मुडवालगेट नजिक बेवारिसे अवस्थामा सुटकेस भेटिएको थियो। बिहानपख सुटकेस खोल्दा रुबीको शव फेला परेको थियो।

हत्या पछि फरार भएका लक्ष्मण केही दिनसम्म भारततर्फ र गाउँ वरपर लुकेर बसेका थिए। बुधबार बिहान माधोपुर गाउँनजिकै मट्टितेल खन्याएर आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

पासवानले आफैलाई आगो लगाउनु अघि करिब ९ मिनेट लामो भिडियो खिचेका थिए। उक्त भिडियोमा उनले रुबीको हत्या गरेको स्वीकार गर्दै ठूलो अपराध गरेको र बाँचे पनि सजाय भोग्नुपर्ने भएकाले जीवनप्रति निराशा व्यक्त गरेका छन्।

रुबीसँग स्कूल पढ्ने समयदेखि नै प्रेम सम्बन्ध रहेको उल्लेख गर्दै उनले सो भिडियोमै रुबीलाई घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर