वीरगञ्ज । भोलि सोमबार वीरगञ्जमा पनि जेनजीहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्नेछ|काठमाडौँलगायत देशका विभिन्न स्थानमा सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा ‘जेनजी’ पुस्ताले गरिरहेको विरोध प्रदर्शन वीरगञ्जमा पनि हुने भएको छ ।

स्थानीय स्वतन्त्र युवाहरूको समूहद्वारा आयोजना हुन लागेको देशमा बढिरहेको भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दविरुद्ध सोमबार बिहान १० बजे वीरगञ्जको घण्टाघर प्रदर्शन गरिने भएको हो ।प्रदर्शनका विषयमा उक्त पुस्ताले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेका छन् । सोमबार कालो पोसाक लगाएर वीरगञ्जको घण्टाघर पुग्न आग्रह गरिएको छ ।

देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम, रोजगारी सिर्जनालगायत माग उनीहरूले राखेका छन् । उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने पनि उल्लेख गरेका छन् ।उनीहरूको आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी सहभागी हुने बताईएको छ ।



