Lucky-Khabar_

रौतहटको बकैया खोलामा खेल्ने क्रममा डुबेर बालकको मृत्यु

रौतहट ।रौतहटको बकैया खोलामा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ| राजपुर नगरपालिका–८ बलुवा निवासी गनउर मियाका करिब १० वर्षीय छोरा अर्वाज मियाको आज दिउँसो खोलामा डुबेर मृत्यु भएको छ।

content ad p2

स्थानीय स्रोतका अनुसार अर्वाज आफ्नै गाउँको नयाँ मदरसा नजिक रहेको लाल बकैयाको खोलामा साथीसँग खेल्ने क्रममा पानीमा डुबेका थिए। केही बेरपछि उनको शव खोलाबाट स्थानीयले फेला पारेका हुन्।

घटनास्थलमा प्रहरी पुगेर आवश्यक कारबाही थालेको छ। बालकको मृत्युबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर