Lucky-Khabar_

मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिँदै अखिल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल का नेता सुदन गुरुङविरुद्ध अखिल (क्रान्तिकारी) ले प्रहरीले उजुरी दर्ता गरेको छ।

content ad p2

अखिलका प्रतिनिधिहरूले काठमाडौं जिल्ला प्रहरी परिसरमा पुगेका छन् । उनीहरूले बालेन शाह र सुदन गुरुङले पछिल्ला अभिव्यक्तिहरू र गतिविधिबाट विद्यार्थी आन्दोलनलाई बदनाम गर्ने, संगठनविरुद्ध भ्रामक प्रचार गर्ने र सार्वजनिक अशान्ति सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन्।

अखिलका नेताहरूले उजुरीपछि भने, “हामीले कानुनी रूपमा आपत्ति जनाएको हौँ। लोकतन्त्रमा हरेक व्यक्ति जवाफदेही हुनुपर्छ।”

प्रहरी स्रोतका अनुसार उजुरी प्राप्त भएको पुष्टि भएको छ र आवश्यक प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताइएको छ।

यसअघि बालेन शाह र सुदन गुरुङबीच सामाजिक सञ्जालमा विभिन्न विषयमा तीव्र वाकयुद्ध चलेको थियो, जसपछि विद्यार्थी संगठनहरू पनि प्रत्यक्ष रूपमा प्रतिक्रियामा उत्रिएका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर