Lucky-Khabar_

अब एटीएमबाट २० हजार रुपैयाँ मात्र निकाल्न पाइने : डेबिट कार्ड कारोबारको सीमा घट्यो

काठमाडौं । डेबिट कार्डमार्फत गरिने कारोबार सीमा घटाउने नेपाल राष्ट्र बैंकले निर्णय गरेको छ। शुक्रबार जारी निर्देशनअनुसार, अब डेबिट कार्डबाट गरिने नगद झिकाइ तथा कारोबारको सीमा २० देखि ५० प्रतिशतसम्म घटाइएको छ।

content ad p2

अब नयाँ व्यवस्थाअनुसार ATM (एटीएम) बाट प्रति कारोबार अधिकतम २० हजार रुपैयाँ, दैनिक ५० हजार रुपैयाँ र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न सकिनेछ। यसअघि प्रति कारोबार २५ हजार, दैनिक १ लाख र मासिक ४ लाख रुपैयाँसम्म झिक्न सकिन्थ्यो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी गरिने प्रिपेड कार्डको सीमा भने यथावत राखेको छ। यस अनुसार, प्रिपेड कार्डबाट प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ।

त्यस्तै, क्रेडिट कार्डको कारोबार सीमामा पनि कुनै परिवर्तन गरिएको छैन।

बैंक तथा वित्तीय संस्था बाहेकका अन्य सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डमा पनि दैनिक ५ हजार र मासिक २५ हजार रुपैयाँको सीमा यथावत राखिएको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले डेबिट कार्डको सीमा घटाउने निर्णय किन लिएको हो भन्ने स्पष्ट कारण नबताए पनि वित्तीय प्रणालीको सुरक्षित सञ्चालन, डिजिटल कारोबारमा अनुशासन र प्रयोगकर्ताको वित्तीय सुरक्षा सुनिश्चित गर्न यस्तो कदम चालिएको विश्लेषण गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर