Lucky-Khabar_

तीन जनाले पाए अर्थशास्त्रमा नोबेल पुरस्कार

काठमाडौं| तीन अर्थशास्त्रीलाई सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले आर्थिक विकासको ʻनयाँ व्याख्याʼका लागि तीन अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई प्रदान गरेको हो।

content ad p2

अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिरलाई प्राविधिक प्रगतिमार्फत दिगो विकासका लागि आवश्यक अवस्था पहिचान गरेकोमा यो पुरस्कार प्रदान गरिएको हो।

यो पुरस्कार लन्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सका फिलिप अघियन र अमेरिकाको ब्राउन युनिभर्सिटीका पिटर होविट दुवैलाई सिर्जनशील विनाशमार्फत विकासको सिद्धान्तका लागि प्रदान गरिएको हो।


रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले तीन अर्थशास्त्रीहरूले नयाँ प्रविधिले कसरी विकासलाई अगाडि बढाउन सक्छ भनेर देखाएको बताएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर