झापा |कुटपिटबाट बिर्तामोड नगरपालिका–५ मा एक युवकको मृत्यु भएको छ।

बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच गएराति झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते भएका थिए। उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


