Lucky-Khabar_

सरकारको निर्णयप्रति संघीय संसद्‌का पदाधिकारीहरूको असन्तुष्टि

काठमाडौं । सांसद र संसद्का पदाधिकारीका स्वकीय सचिव हटाउने तथा सचिवालयको संख्या घटाउने सरकारको निर्णयपछि संघीय संसद्‌का पदाधिकारीहरू सरकारसँग असन्तुष्ट बनेका छन् ।

सभामुख देवराज घिमिरेले सरकार संसद्‌लाई कमजोर पार्ने प्रयासमा लागेको आरोप लगाउँदै निर्णय असंवैधानिक र असंवेदनशील भएको बताए । उनले प्रधानमन्त्री कार्की र अर्थमन्त्री रामेश्वर खनालको भूमिका प्रति पनि आपत्ति जनाए ।

बालुवाटारमा सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष लगायतका पदाधिकारीहरूले प्रधानमन्त्रीसँग भेट गरी निर्णय फिर्ता लिन आग्रह गरेका थिए । सभामुखले यो निर्णय “संसदमाथिको हमला” भएको बताउँदै सरकारले संसद्‌सँग परामर्श नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाए ।

उपसभामुख इन्दिरा रानाले पनि निर्णयलाई संसद्को गरिमामाथिको चोट बताइन् र प्रदेशका मन्त्रीहरूले स्वकीय सचिव पाउने तर संघीय संसद्का पदाधिकारीबाट सुविधा खोसिनु अन्यायपूर्ण भएको भनिन् ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर