Lucky-Khabar_

कटुवा पेस्तोलसहित वीरगंजमा दुई जना पक्राउ

राम सुन्द्र आर्य
वीरगंज।कटुवा पेस्तोलसहित वीरगंजमा दुई जना पक्राउ परेका छन् | नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीमा खटिएको टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

बुधबार दिउँसो १२:३० बजे सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी र भारतीय एसएसबीका एसी सचिन सिंहको कमाण्डमा रहेको संयुक्त टोलीले वीरगंज–१६ इनर्वा नजिक दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वीरगंज–५ का १८ वर्षीय सुमित कुमार मण्डल र बारा जितपुर सिमरा–७ का २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्। उनीहरू झाडीमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए।

टोलीले उनीहरू बसेको स्थानबाट बोरा भित्र लुकाइएको एक थान कटुवा पेस्तोल फेला पारेको जनाएको छ। लठ्ठ अवस्थामा रहेका संजयलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको छ भने दुवैजनालाई बरामद हतियारसहित जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको सशस्त्र प्रहरी गण, पर्साका गणपति एसपी पुरन चन्द्र भट्टले जानकारी दिए।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर