Lucky-Khabar_

धनुषामा अध्यक्ष विन्देश्वर यादवको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको ओलि हानि हत्या भएको छ ।आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन्।

content ad p2

भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमले थाहाखबरलाई बताए। उक्त घटनामा केही व्यक्ति घाइतेसमेत भएका प्रहरीको भनाइ छ।

घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ।

गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ। प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर