Lucky-Khabar_

बिरगंजमा प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

राम आर्य
बिरगंज| बिरगंजमा प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय भएको छ |राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेस प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ (चौथो संस्करण) वीरगञ्जको घन्टाघरस्थित क्लासिक बैंक्वेटमा सम्पन्न भएको छ।

content ad p2

उक्त कार्यक्रम नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष डा. नन्दन यादवको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथि पूर्व सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा हुनुहुन्थ्यो |यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीको ज्ञान, नेतृत्व र आत्मविश्वासलाई मजबुत बनाउने उल्लेख गर्दै आजको प्रतिस्पर्धा केवल अंक र स्थानको लागि मात्र होइन, ज्ञानको प्रकाश फैलाउने यात्राको एउटा महत्वपूर्ण चरण हो झाले भने।


हाम्रा विद्यार्थीहरूमा जाँगर, क्षमता र प्रतिस्पर्धात्मक आत्मविश्वास देखेर हामी सबै गर्वान्वित छौँ। शिक्षा नै समृद्धिको मूल आधार हो, यस्ता कार्यक्रमले भविष्यका नेतृत्वकर्ताहरू उत्पादन गर्न मद्दत गर्छ भनि प्रमुख अथिति झाले भने।उनले पढाई संगै सिकाई पनि महत्वपूर्ण हो, विद्यालय, शिक्षक तथा अभिभावकलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरे।

कार्यक्रमका विशिष्ट अतिथिमा नेशनल प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, केन्द्रिय सदस्यहरू छेदुप लामा, राम बाबु सिंह, मोतिबुल राईन, राजु कार्की, प्रदेश उपाध्यक्षहरू लालजी ठाकुर र पप्पु गुप्ता सहभागी थिए।

त्यसैगरी, प्रदेश सचिव जितेन्द्र प्रसाद गुप्ता, कोषाध्यक्ष राम यस झा, सह–सचिव के एस फिगिसन, प्रदेश सदस्यहरू कौशलेन्द्र कुमार, विजय यादव, पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेल, लालबहादुर गुरुङलगायतको पनि विशेष उपस्थिति रहेको थियो।

मधेस प्रदेशका ८ जिल्ला—पर्सा, बारा, रौतहट, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी र सिरहाबाट छानिएका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतिस्पर्धामार्फत सप्तरी जिल्ला प्रथम, महोत्तरी दोस्रो र धनुषा तृतीय भएका छन्। विजयी टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

त्यस्तै वक्ताहरूले कार्यक्रामको हाजिर–जवाफ जस्ता शैक्षिक गतिविधिहरूले विद्यार्थीमा विश्लेषण क्षमता, प्रस्तुतीकरण सीप, तर्कशक्ति र ज्ञानवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै सराहना गरेका थिए।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर