Lucky-Khabar_

वीरगन्जमा नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित अख्तियारको फन्दामा

वीरगन्ज ।
वीरगन्जस्थित नापी कार्यालयमा कार्यरत दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहितअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

content ad p2

आयोगका अनुसार सर्भेक्षक राम प्रमोद राउत तथा कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायले छुट्टै जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस मागिएको उजुरी आएपछि टोली खटाइएको थियो।


दुबै जनालाई अनुगमनका क्रममा सेवाग्राहीबाट मागअनुसारको घुस रकम लिइसकेको अवस्थामा वीरगन्ज–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार दुवैविरुद्ध आवश्यक थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर