Lucky-Khabar_

प्रधानमन्त्रीबाट सुशीला कार्कीलाई हटाउन माग गर्दै जेनजीले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाए

काठमाडौँ । जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा रहेको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै उक्त सरकारलाई फिर्ता बोलाउन माग गरेका छन्।

content ad p2

बिहीबार देशभरका २३ जेनजी समूहले संयुक्तरुपमा राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारको नेतृत्व परिवर्तन आवश्यक रहेको जनाएका हुन्।

समूहले बुझाएको ज्ञापनपत्रमा कार्की सरकारले विद्रोहका मूल एजेन्डा कार्यान्वयन नगरेको उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, “विद्रोहको आधारमा बनेको सरकारले विद्रोहीहरूको न्यूनतम मागसमेत सम्बोधन गर्नुभन्दा केवल चुनावमै केन्द्रित हुने प्रयास गरिरहेको छ, जसले सरकारलाई लक्ष्यविहीन बनाइरहेको छ। यो विद्रोह केवल समयअगावै निर्वाचनको लागि गरिएको थिएन। त्यसैले हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले पहल गर्नुपर्ने हाम्रो आग्रह छ।”

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर