Lucky-Khabar_

मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता मा. कृष्ण यादव नियुक्त

वीरगञ्ज । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा (२) अनुसार उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्।

content ad p2

यादव सात दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्वमा पुगेका हुन्। कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी गरी ७७ जना सांसदको समर्थन उनीसँग रहेको छ। समर्थन प्राप्त गरेसँगै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यसअघि नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री रहेका थिए। गत मंसिर १७ गते उनले पदत्याग गरेपछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कार्तिक २३ गते राति एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर, सात दलीय गठबन्धनले सो नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै चुनौती दिएको थियो। सर्वोच्च अदालतले मंसिर १५ गते तीनवटा रिटको सामूहिक सुनुवाइ गर्दै तत्कालीन सरकारलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो। विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठन गर्ने मार्ग खुलेको थियो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर