Lucky-Khabar_

नापी कार्यालय पर्साका सर्वेक्षक–सहयोगीविरुद्ध घुस काण्डमा मुद्दा दर्ता

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

content ad p2

गत मंसिर २ गते आयोगको टोलीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा दुवै जनालाई रंगेहात पक्राउ गरेको थियो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार वीरगञ्ज–२५ स्थित कित्ता नं. ५५, क्षेत्रफल ०००६४ वर्गमिटर जग्गाको ‘छुट जग्गा दर्ता’ प्रक्रिया सहज बनाइदिने बहानामा घुस मागी लिएको प्रमाणित भएपछि आरोपपत्र दायर गरिएको हो।

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद सजायसहित सोही रकमबराबरको जरिवानाको मागसहित मुद्दा चलाएको जनाएको छ।

नापी कार्यालय पर्सामा लामो समयदेखि ‘पैसा नदिई काम नहुने’ प्रवृत्ति मौलाउँदै आएको सेवाग्राहीहरूको गुनासो छ। सामान्य प्रक्रिया अघि बढाउन पनि कर्मचारीले झन्झट झिक्ने, तर रकम बुझाएपछि तत्काल काम सम्पन्न गरिदिने चलन रहेको उनीहरूको आरोप छ।

विशेषगरी सर्वेक्षक र अमिनको व्यवहारप्रति सेवाग्राही असन्तुष्ट रहँदै आएपछि नापजाँच, जग्गा छुट्याउने, कित्ता सुधारदेखि दर्तासम्मका सेवामा खुलेआम घुसखोरी हुने गरेको बताइन्छ। पैसा नदिने सेवाग्राहीलाई अनावश्यक रुपमा अल्झाउने, फाइल महिनौँजसो रोक्नेजस्ता समस्याले कार्यालयको छवि झनै बिग्रिँदै आएको गुनासो छ।

लामो समयपछि अख्तियारले एक सर्वेक्षकसहित दुई कर्मचारीविरुद्ध कारबाही प्रारम्भ गरेपछि नापी कार्यालयको सेवामा सुधार आउने जनअपेक्षा बढेको छ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर