काठमाडौं । इरानकी नोबेल शान्ति पुरस्कार विजेता तथा प्रखर महिला अधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई सुरक्षा बलले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको आरोप लागेको छ। नरगिस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानको मशहद शहरबाट अन्य केही कार्यकर्तासहित पक्राउ गरिएको हो।
मोहम्मदीको गिरफ्तारीप्रति नोबेल शान्ति पुरस्कार समिति गहिरो चिन्ता व्यक्त गर्दै आएको छ। समितिले इरानी अधिकारीहरूलाई मोहम्मदीको हालको अवस्थाबारे स्पष्ट जानकारी दिन, उनको सुरक्षा र सम्मानको प्रत्याभूति गर्न तथा कुनै पनि सर्त बिना तत्काल रिहा गर्न आग्रह गरेको छ।
यस घटनाबारे इरानी सरकारको तर्फबाट भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
इरानमा महिलामाथि हुने दमन र मानव अधिकार उल्लंघनविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएकी मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनलाई सन् २०२४ को डिसेम्बरमा स्वास्थ्य कारण देखाउँदै तीन साताका लागि अस्थायी रूपमा जेलबाट बाहिर निकालिएको थियो।
सन् २०२१ देखि तेहरानस्थित कुख्यात एविन जेलमा थुनामा रहेकी मोहम्मदीले विभिन्न मुद्दामा पटक–पटक सजाय भोग्दै आएकी छन्
काठमाडौं : इरानकी नोबेल शान्ति पुरस्कार विजेता तथा प्रखर महिला अधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई सुरक्षा बलले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको आरोप लागेको छ। नरगिस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानको मशहद शहरबाट अन्य केही कार्यकर्तासहित पक्राउ गरिएको हो।