Lucky-Khabar_

सिरहाका सत्य नारायण साफीको संघर्षपूर्ण सफलता:बेल्चा चलाएर MBBSपढ्दै

बिरगंज| सिरहाका सत्य नारायण साफीको जीवनकथा केवल सफलताको कहानी मात्र होइन, यो अदम्य इच्छाशक्ति, निरन्तर परिश्रम र अटुट अठोटको जिउँदो उदाहरण हो। कमजोर आर्थिक अवस्थाका कारण परिवारको खर्च धान्न र आफ्ना आवश्यकता पूरा गर्न उनी दैनिक करिब ९ घण्टा ज्याला मजदुरी गर्न बाध्य थिए।

धेरैका लागि यति लामो समय मजदुरी गरेपछि पढाइ सम्भव नहुने ठानिन्छ। तर सत्य नारायण साफीले यही धारणा गलत सावित गर्दै असाधारण उदाहरण प्रस्तुत गरेका छन्। अत्यन्त प्रतिस्पर्धात्मक र कठिन मानिने MBBS जस्तो विषयमा उनले मजदुरीसँगै निरन्तर अध्ययन गर्दै फुल स्कलरसिपमा नाम निकाल्न सफल भए।

content ad p2

समय अभाव, सीमित साधन र शारीरिक थकानका बाबजुद पनि उनको सपना जीवित थियो र इच्छाशक्ति अडिग। उनको सफलताले लक्ष्य स्पष्ट भएमा, मनदेखि मेहनत गर्ने अठोट राखेमा र संघर्षसँग सम्झौता नगरेमा ‘असम्भव’ भन्ने शब्द केवल बहाना मात्र हुने सन्देश दिन्छ।

आज सत्य नारायण साफी संघर्षरत हजारौँ नेपाली युवाका लागि प्रेरणाको उज्यालो बनेका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर