Lucky-Khabar_

कुलमानलाई सुनाए बालेनले रास्वपाको प्रस्ताव, छलफल जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई दिएको प्रस्तावबारे जानकारी गराएका छन्।

 

content ad p2

शनिबार बालेन  र कुलमानबीच भएको भेटवार्तामा बालेनले शुक्रबार रास्वपा पक्षसँग भएको छलफल र त्यहाँ आएका प्रस्तावबारे ब्रिफिङ गरेका हुन्।कुलमान निकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसहितको तहबाट प्रस्ताव आएको र त्यसमा स्टेक (हिस्सेदारी) सम्बन्धी विषय अझै स्पष्ट भइनसकेको जानकारी दिएका थिए।

स्रोतका अनुसार, ‘ठ्याक्कै के–कस्ता सहमति वा असहमति भए भन्ने कुरा छलफल टुंगिएपछि मात्र खुल्नेछ। हामीले बुझेसम्म हिजो रास्वपाबाट आएको प्रस्तावबारे मेयर शाहले जानकारी गराउनुभएको हो। अधिकांश विषयमा रास्वपासँग अझै सहमति जुट्न बाँकी नै देखिन्छ।’हाल बालेन र कुलमानबीच छलफल जारी रहेको छ। तर, भेटवार्ता भइरहेको स्थानबारे भने खुलाइएको छैन।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर