Lucky-Khabar_

सर्लाहीमा रास्वपाको पार्टी प्रवेश कार्यक्रम

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सर्लाहीको कविलासीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। कविलासी नगरपालिका–८ अगर्बामा सम्पन्न कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य हरि ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

content ad p2

रास्वपा सर्लाहीका सभापति सरोज बानियाँका अनुसार कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरेका दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका छन्।

कार्यक्रममा पार्टीको संगठन विस्तार, समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे समेत छलफल गरिएको जनाइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर