Lucky-Khabar_

समानुपातिक सूची बुझाउने अन्तिम दिन कुलमान–रवि वार्ता, एकताका लागि अन्तिम प्रयास

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम समयसीमा तोकेको दिन उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पुनः सघन संवाद सुरु भएको छ।

content ad p2

यसअघि पटक–पटक भएका छलफल निष्कर्षविहीन भएपछि दुवै दलले आ–आफ्नै बन्द सूची तयार पार्दै आएका थिए। तर पुस १४ गते नै सूची बुझाउनुपर्ने दबाबबीच दुवै नेताबीच फेरि सहमतिको खोजी भइरहेको हो।

रास्वपा स्रोतका अनुसार सभापति लामिछाने केन्द्रीय समिति बैठकबाट बाहिरिएर घिसिङसँगको गोप्य वार्ताका लागि निस्कनुभएको छ। उता कुलमान निकट स्रोतले पनि लामो समयदेखि थाती रहेका असहमतिलाई टुंग्याउँदै चुनावी तालमेल वा एकताका लागि अन्तिम प्रयास भइरहेको पुष्टि गरेको छ। वार्ता कहाँ भइरहेको छ भन्ने विषय भने गोप्य राखिएको छ।

यसअघि समानुपातिक सिटको भागबण्डा र उम्मेदवारको वरियतामा कुरा नमिल्दा संवाद अड्किएको थियो। तर आजै रातिसम्म आयोगमा नामावली बुझाउनुपर्ने कानुनी बाध्यताले दुवै पक्षलाई सम्झौताका लागि दबाब परेको देखिन्छ। यदि वार्ता सफल भए उज्यालो नेपाल र रास्वपा एउटै सूची लिएर निर्वाचन आयोग पुग्ने सम्भावना छ, जसले फागुन २१ को निर्वाचन समीकरणमा ठूलो प्रभाव पार्नेछ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर