Lucky-Khabar_

सामाजिक सञ्जालको विवादले मधेशमा तनाव, वीरगञ्जमा प्रदर्शन; आठै जिल्लामा सुरक्षा सतर्कता

बिरगंज। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका धार्मिक तथा सांस्कृतिक टिप्पणीका कारण मधेश प्रदेशको सुरक्षा अवस्था संवेदनशील बनेको छ । टिकटकलगायत प्लेटफर्ममा एक–अर्काको धर्म र संस्कृतिलाई लक्षित गरी पोस्ट गरिएका आपत्तिजनक सामग्रीपछि उत्पन्न विवादले उग्र रूप लिँदा वीरगञ्जसहित सम्पूर्ण मधेश प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ ।

content ad p2

केही दिनअघि धनुषामा दुई युवाले सार्वजनिक गरेको भिडियोबाट सुरु भएको विवाद पर्साको वीरगञ्जसम्म फैलिएको हो । सम्भावित झडप र अप्रिय घटना रोक्न स्थानीय प्रशासनले सुरक्षा निकायको बाक्लो उपस्थिति तैनाथ गरेको छ ।

घटनाक्रमअनुसार जनकपुरका दुई युवाले धार्मिक सहिष्णुतामा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेपछि स्थानीय बासिन्दाले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा यस विषयमा छलफल चलिरहेका बेला पक्राउको विरोधमा उत्रिएका केही समूह र मस्जिदमाथि आक्रमणको प्रयासले स्थिति थप तनावपूर्ण बनेको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार विवादका क्रममा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइसकिएको छ । यद्यपि, सो घटनाको विरोधमा आइतबार बिहानदेखि वीरगञ्जमा प्रदर्शनहरू जारी रहेका छन् ।

धनुषा र पर्सामा देखिएको तनावले प्रदेशका अन्य जिल्लाहरूमा पनि साम्प्रदायिक सद्भाव बिग्रने जोखिम देखिएको भन्दै सुरक्षा निकायले आठै जिल्लामा निगरानी कडा बनाएको छ । उच्च सुरक्षा अधिकारीहरूका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने तथा साम्प्रदायिक विद्वेष भड्काउने गतिविधिमाथि विशेष निगरानी राखिएको छ ।

प्रशासनले आम नागरिकलाई संयमता अपनाउन, भ्रामक सूचनामा विश्वास नगर्न र आपसी धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर