Lucky-Khabar_

वीरगंजमा कर्फ्यू आदेश जारी, साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म आवतजावत निषेध

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज पुस २१ गते साँझ ६ बजेदेखि पुस २२ गते बिहान ८ बजेसम्म कर्फ्यू लागू हुनेछ।

content ad p2

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्र कर्फ्यू क्षेत्र तोकिएको छ। सो सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यू अवधिमा सुरक्षाकर्मीले कडा निगरानी गर्ने जिल्ला प्रशासनले जनाएको छ। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै, निस्कनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन—एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण गरिने प्रशासनले स्पष्ट गरेको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर