Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता लिने निर्णय

काठमाडौँ। सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

content ad p2

महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध हाल चलिरहेका ती मुद्दा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमार्फत फिर्ता लिन निर्देशन दिएको जनाएको छ।

लामिछानेविरुद्ध काठमाडौं, रूपन्देही र पर्सा जिल्लामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा दर्ता भएका थिए। यी तीन जिल्लाबाहेक अन्य जिल्लामा भने सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै दर्ता भई कारबाही प्रक्रिया अघि बढिरहेको थियो।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर