Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता लिने निर्णय

काठमाडौँ। सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

content ad p2

महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध हाल चलिरहेका ती मुद्दा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमार्फत फिर्ता लिन निर्देशन दिएको जनाएको छ।

लामिछानेविरुद्ध काठमाडौं, रूपन्देही र पर्सा जिल्लामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा दर्ता भएका थिए। यी तीन जिल्लाबाहेक अन्य जिल्लामा भने सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै दर्ता भई कारबाही प्रक्रिया अघि बढिरहेको थियो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर