Lucky-Khabar_

कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइसकेपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक हुन लागेको हो

content ad p2

बैठक बिहान साढे ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना गरिने तय भएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार औपचारिक मान्यता पाएपछि आज पहिलो बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।
बैठकमा पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । नयाँ नेतृत्वअन्तर्गत पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर