Lucky-Khabar_

गस्तीमा खटिएका प्रहरीमाथि मध्यराति ललितपुरमाआक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको प्रहरी टोलीमाथि अज्ञात समूहले आक्रमण गरेको छ।

content ad p2

महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा रहेको प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमाथि गएराति करिब पौने ११ बजे ढुंगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले अचानक ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाइ फायर गरेको थियो। त्यसपछि परिस्थिति नियन्त्रणमा आएको जनाइएको छ।

घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला अदालत ललितपुर बाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।आक्रमणमा घाइते भएका एक प्रहरी कर्मचारीको किष्ट अस्पताल मा उपचार भइरहेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका–२ का २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका–३ का २० वर्षीय रमेश शाही, सोही स्थानका २० वर्षीय शंकर शाही तथा रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगर रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर