Lucky-Khabar_

रास्वपाको बालेन शाह नेतृत्वको नयाँ सरकारको मन्त्री चयन अन्तिम गृहकार्यमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वको नयाँ सरकार गठनका लागि अन्तिम तयारीमा जुटेको छ। पार्टी स्रोतका अनुसार मन्त्रिपरिषद् गठनबारे केही मन्त्रालयमा सहमति जुटिसकेको छ भने बाँकी पदहरूमा सभापति रवि लामिछानेले अन्तिम छलफल गरिरहेका छन्।

बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन्। सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने योजना बनाइएको छ। करिब १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् बनाउनेबारे छलफल भइरहेको र चुनावी प्रतिबद्धता अनुसार मन्त्रालय संख्या १८ भित्रै सीमित राख्ने तयारी गरिएको छ।

स्रोतका अनुसार बालेन शाहले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ। उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री बन्ने निश्चितजस्तै देखिएको छ भने गृह, अर्थ र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीबारे अझै छलफल जारी छ।भौतिक पूर्वाधार मन्त्रालयका लागि सुनिल लम्साल, परराष्ट्र मन्त्रालयका लागि शिशिर खनाल तथा स्वास्थ्य वा कानुन मन्त्रालयका लागि सोविता गौतमको नाम चर्चामा छ। यस्तै, सभामुख पदका लागि जगदिश खरेल र प्रतिभा रावलको नाम अघि आएको छ।

युवा तथा खेलकुद मन्त्रालयमा सुदन गुरुङ र पर्यटन वा सञ्चार मन्त्रालयमा मनिष झाको सम्भावित नाममा पनि छलफल भइरहेको छ। केही नेताहरूलाई भने आवश्यकताअनुसार पछि समेट्ने गरी ‘रिजर्भ’मा राख्ने तयारी गरिएको स्रोतको भनाइ छ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सिटसहित झण्डै दुई तिहाइ बहुमत हासिल गरेको छ। पार्टी अहिले सोही बहुमतका आधारमा सरकार गठनको गृहकार्यमा केन्द्रित छ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर