Lucky-Khabar_

फेवाताल किनारका अवैध संरचना हटाउन महानगरको कडा अभियान

काठमाडौं । फेवाताल क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत पोखरा महानगरपालिका ले ताल किनारमा निर्माण गरिएका अवैध टहराहरू भत्काउन सुरु गरेको छ।

content ad p2

शनिबार बिहानदेखि महानगरले डोजर प्रयोग गर्दै ताल आसपासका संरचनाहरू हटाउने कार्य तीव्र बनाएको हो। महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापा का अनुसार हालसम्म ३२ वटा टहराहरू भत्काइसकिएको छ।उनले नेपाल प्रहरी को सहयोगमा अभियान सञ्चालन भइरहेको जानकारी दिँदै फेवाताल क्षेत्रलाई पूर्ण रूपमा अतिक्रमणमुक्त बनाउने लक्ष्य रहेको बताए।

यसअघि नवगठित नेपाल सरकार ले पनि फेवातालमा देखिएको अतिक्रमण तीन महिनाभित्र हटाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को १०० कार्यसूचीमा यो विषयलाई प्राथमिकतामा राखिएको छ।महानगरको यो कदमलाई फेवाताल संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर