Lucky-Khabar_

नेशनल मेडिकल कलेज बिरगंजमा ‘स्पोर्ट्स वीक २०८२’ भव्य रूपमा सुरु

राम आर्य
वीरगञ्ज।वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ले ‘स्पोर्ट्स वीक २०८२’ को उद्घाटन कार्यक्रम आज उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कलेज परिसरको फुटबल मैदानमा बिहान ९:३० बजेबाट सुरु भएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

content ad p2

कार्यक्रम कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रबन्ध निर्देशक शहनवाज अन्सारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिहरूमा एडमिशन तथा मार्केटिङ निर्देशक अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, उप-प्राचार्य डा. रवि शंकर गुप्ता, डेन्टल उप-प्राचार्य प्रा. डा. सरोज देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ तथा नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. बबिता सिंह लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रम सफल बनाउन स्पोर्ट्स चेयरपर्सन प्रा. डा. आनन्द कुमार चौरेसिया, सदस्य सचिव जाफ्रे आलम अन्सारी र को-अर्डिनेटर मोहम्मद फिरोजको सक्रिय भूमिका रहेको थियो। साथै मधेश प्रदेश क्रिकेट टोली का कप्तान तथा राष्ट्रिय क्रिकेट खेलाडी हाशिम अन्सारीको विशेष उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो। त्यसपछि अध्यक्ष, प्रमुख अतिथि तथा अन्य वक्ताहरूले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उद्घाटन अवसरमा विभिन्न संकायका विद्यार्थीहरूले आकर्षक मार्चपास्ट प्रस्तुत गरेका थिए। साथै स्वयंसेवकहरूलाई खेल सामग्री वितरण गरिएको थियो भने बलुन उडाएर कार्यक्रमलाई उल्लासपूर्ण बनाइएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न गरिएको थियो, जसले मैदानमा ऊर्जा र उत्साह थपेको थियो। आईटी, मार्केटिङ, प्रशासन तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

स्पोर्ट्स वीक २०८२ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने जानकारी कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले दिएका छन्।

सम्बन्धित खबर

पचरौता नगरपालिकामा विद्यालयका लेखापालले शिक्षा शाखा सम्हालेको आरोप, प्रशासनिक प्रणालीमाथि प्रश्न

लक्की खबर

साउनको पहिलो सोमबार भाथाधाममा भक्तजनको घुइँचो

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर