Lucky-Khabar_

सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन

काठमाडौं ।  काठमाडौंमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ।

content ad p2

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिकाका लामा गत चैत २९ गते काठमाडौंको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडकखण्डमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए। उपचारका क्रममा आज उनको निधन भएको नेपाल प्रहरीले जनाएको छ।

कर्तव्यपालनाका क्रममा दुर्घटनामा परी निधन भएका लामाप्रति प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर