Lucky-Khabar_

वीरगञ्जमा डोजरले भत्काइएका घर–टहरामा व्यापार नगर्न प्रशासनको चेतावनी

वीरगञ्ज ।जिल्ला प्रशासन कार्यालय पर्साले डोजरमार्फत भत्काइएका तथा जोखिमपूर्ण अवस्थामा रहेका घर–टहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

content ad p2

सडक डिभिजन कार्यालय हेटौँडाको सडक विस्तार कार्यक्रमअन्तर्गत गत वैशाख ६ गते मितेरी पुलदेखि गणडक चौकसम्मको सडक क्षेत्रभित्र पर्ने घर–टहरा हटाइएको थियो। अधिकांश घरधनीले स्वेच्छाले संरचना हटाएर व्यवस्थापन गरिरहेको भए पनि केही स्थानमा भत्किएका तथा जोखिमयुक्त संरचनामै पुनः व्यापार सञ्चालन भइरहेको पाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार यस्ता संरचनामा व्यापार सञ्चालन गर्दा घरधनी, व्यवसायी तथा सर्वसाधारणको ज्यानमा जोखिम उत्पन्न हुने भएकाले तत्काल त्यस्ता गतिविधि बन्द गर्न चेतावनी दिइएको छ। साथै, सम्भावित दुर्घटनाबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित घरधनीले नै वहन गर्नुपर्ने र प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

जोखिमयुक्त संरचना हटाउने क्रममा खटिने कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन समेत प्रशासनले आग्रह गरेको छ। उक्त निर्णय जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकबाट गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले सो सूचना समितिको निर्णयअनुसार सार्वजनिक गरिएको जानकारी दिएका छन्।


 

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर