Lucky-Khabar_

बिरगंज महानगरपालिका–१६ मा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु

विवेक पटेल
वीरगञ्ज| वीरगञ्ज महानगरपालिका–१६ द्वारा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ। वडा नं. १६ स्थित मिथिला नगरको लक्ष्मी नारायण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महिला सशक्तिकरण, शिक्षा तथा सीप विकासका विषयमा विशेष छलफल गरिएको थियो।

content ad p2

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १६ का वडा अध्यक्ष प्रमुराम चौरसिया रहेका थिए। उनले महिलाहरू पनि पुरुषसरह समाज र परिवारको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै शिक्षा, सीपमूलक तालिम तथा आत्मनिर्भरतामा जोड दिए। आफ्नो मन्तव्य राख्दै उनले महिलाले पढाइ–लेखाइ र विभिन्न सीप हासिल गरी आफू र परिवारलाई अगाडि बढाउन सहकार्य र सहकारी भावनाको विकास आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी कार्यक्रममा श्री झरिमाई महिला समाजकी कोषाध्यक्ष मनोजा चौधरी ले उपस्थित महिलाहरूलाई महिला अधिकार, चेतना तथा आत्मनिर्भरता सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन्। उक्त कार्यक्रम श्री झरिमाई महिला बिकास समाज बिरगंजको सहकार्यमा शुरु भएको छ |

कार्यक्रममा वडाका जनप्रतिनिधिहरू सहित करिब ६० जना महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिला जागरुकता सम्बन्धी विषयमा ई.पुरुषोत्तम मिश्रा ले सहजीकरण गरेका थिए।

स्थानीय तहबाट महिलामुखी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनु सकारात्मक कदम भएको सहभागीहरूले बताएका छन्।

सम्बन्धित खबर

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार

लक्की खबर

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

लक्की खबर

राष्ट्रिय स्वतन्त्र पार्टीको परोहा–७ मा वडा अधिवेशन सम्पन्न

लक्की खबर