Lucky-Khabar_

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरीका असई र युवती मृत फेला

काठमाडौं, १७ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा रहेको ठूली सामुदायिक वनमा एक महिनादेखि बेपत्ता रहेका सशस्त्र प्रहरीका असई र एक युवतीको शव सडेको अवस्थामा फेला परेको छ।

content ad p2

मृत भेटिनेहरूमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी तथा पाँचखालस्थित सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटरमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी रहेका छन्।

वन समितिका कर्मचारीले सल्लाको खोटो संकलन गर्ने क्रममा वनभित्र मौवाको रुखमा छुट्टाछुट्टै सलको पासोमा झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार शवहरू अत्यन्तै पुरानो भइसकेकाले टाउको रुखमै झुण्डिएको तथा शरीरका अन्य भाग चुँडिएर भुइँमा खसेको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार असई शक्ति राम वैशाख १९ गते दुई दिनको बिदामा निस्किएका थिए भने शर्मिला चौधरी वैशाख १८ गते उनलाई भेट्न काभ्रे पुगेकी थिइन्। त्यसपछि दुवैजनासँग सम्पर्क हुन नसकेपछि परिवारका सदस्यहरूले जेठको पहिलो सातामै प्रहरी तथा सशस्त्र प्रहरी बलमा खोजतलासका लागि निवेदन दिएका थिए।

शवसँगै फेला परेका कागजात र उनीहरूले लगाएका कपडाका आधारमा परिवार तथा आफन्तले पहिचान पुष्टि गरेका छन्। प्रारम्भिक अनुसन्धानबाट घटना उनीहरू बेपत्ता भएकै समयतिर भएको हुनसक्ने प्रहरीको अनुमान छ।

हाल दुवै शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर