Lucky-Khabar_

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वयसँग सुझाव संकलन

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय Ram Baran Yadav र Bidya Devi Bhandari सँग छुट्टाछुट्टै भेटवार्ता गरी सुझाव संकलन गरेको छ।

content ad p2

नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक तथा थप सुदृढ बनाउने उद्देश्यका साथ पूर्वराष्ट्रपतिहरूबाट मार्गदर्शन र सुझाव लिइएको कार्यदलले जनाएको छ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा रहेको कार्यदलले पूर्वराष्ट्रपतिद्वयको निवासमै पुगेर राष्ट्रिय हित, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा आवश्यक संवैधानिक सुधारका विषयमा केन्द्रित भएर छलफल गरेको थियो।

भेटका क्रममा पूर्वराष्ट्रपति यादवले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्दा सकेसम्म फराकिलो राष्ट्रिय सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन्। उनले नेपाली जनताको लामो संघर्ष, बलिदान तथा संविधानसभामा भएको विस्तृत छलफलपछि जारी भएको संविधानको मूल मर्म र भावनालाई जीवन्त राख्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले संविधान आफैंमा राजनीतिक सहमतिबाट बनेको दस्तावेज भएकाले यसको संशोधन प्रक्रियामा पनि व्यापक राष्ट्रिय सहमति आवश्यक रहेको बताइन्।उनले हालको समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै इमानदार र सक्षम कार्यकर्तालाई अवसर दिने व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राखिन्। साथै, महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचन प्रणालीमै महिला सहभागिताको संख्या स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने सुझाव पनि दिएकी छन्।

कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने क्रममा विभिन्न क्षेत्रका सरोकारवालासँग छलफललाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर