Lucky-Khabar_

बिरगंज महानगरपालिकाको कार्यवाहक मेयरमा इम्तियाज आलम

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन थालेका छन्। नगरप्रमुख राजेशमान सिंह निलम्बन भएपछि कार्यबाहक नगरप्रमुखको जिम्मेवारी सम्हालिरहेका इम्तियाज आलमको पहलमा तलब निकासा प्रक्रिया अघि बढाइएको हो।

content ad p2

महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप वितरण गरिएको छ।

लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी तथा १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब निकासा गरिएको छ। त्यसैगरी १२० जना करार सेवाका कर्मचारी र १३ जना करारका सवारी चालकलाई चार महिनाको तलब भुक्तानी गरिएको छ।

महानगरपालिकाले बाँकी रहेका ६८४ जना कर्मचारीको खातामा समेत आज–भोलिभित्र तलब रकम जम्मा गर्ने तयारी गरेको जनाएको छ। पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि तलब रोकिएकाहरूलाई तीन महिनाको तलब पठाउने प्रक्रिया जारी रहेको बताइएको छ।

महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि तथा करारका कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो। पहिलो चरणमा स्थायी कर्मचारीलाई तीन महिनाको र करार कर्मचारीलाई चार महिनाको तलब भुक्तानी गरिएको हो।

महानगरपालिकाले मासिक रूपमा १ हजार १५१ जना कर्मचारीलाई तलबबापत करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च गर्दै आएको छ।

यसैबीच, महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको एनके इन्टरनेशनल प्रा.लि. को समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ। आर्थिक अवस्था चुनौतीपूर्ण रहेकाले तत्काल सम्पूर्ण रकम भुक्तानी गर्न नसकिने अवस्था रहेको र दुईदेखि तीन महिनाको बक्यौता रकम तत्काल भुक्तानी गर्न कार्यबाहक नगरप्रमुख आलमले निर्देशन दिएको बताइएको छ।

स्रोतका अनुसार नगरप्रमुखको कार्यशैली, प्रशासनिक व्यवस्थापन तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवादका कारण कर्मचारीहरूले लामो समयसम्म तलब पाउन सकेका थिए। तलब निकासा सुरु भएपछि कर्मचारीहरूमा राहतको अनुभूति भएको जनाइएको छ।

सम्बन्धित खबर

रौतहटको परोहा–८ नरकटियामा चोरी, अनुसन्धान सुरु

लक्की खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर