Lucky-Khabar_

रौतहटको परोहा–८ नरकटियामा चोरी, अनुसन्धान सुरु

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ८ नरकटियामा गए राति चोरीको घटना भएको छ।

content ad p2

प्राप्त जानकारीअनुसार नरकटिया निवासी प्रवेश गिरि र नन्दु ठाकुरको घरमा राति करिब १:३० बजेतिर अज्ञात व्यक्तिहरूले सेन (झ्याल/ढोका) फोडेर घरभित्र प्रवेश गरी चोरी गरेका हुन्। चोरीको घटनापछि घरधनी तथा स्थानीयवासीहरू त्रसित बनेका छन्।

घटनाबारे जानकारी पाएलगत्तै स्थानीय प्रहरीलाई खबर गरिएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

चोरी भएका नगद, सुनचाँदी तथा अन्य सामग्रीको यकिन विवरण भने हालसम्म सार्वजनिक भएको छैन। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाएको बताएको छ।

स्थानीयवासीहरूले पछिल्लो समय क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर