Lucky-Khabar_

सिमरामा स्कुटर–मोटरसाइकल–ट्र्याक्टर ठोक्किँदा वीरगञ्जका १७ वर्षीय लक्की सर्राफको मृत्यु

वीरगञ्ज|वीरगञ्ज बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित एयरपोर्ट नजिक सोमबार साँझ भएको सवारी दुर्घटनामा परी पर्साको वीरगञ्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सर्राफको मृत्यु भएको छ।

content ad p2

डुमरवाना–सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालक सर्राफ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ जाँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशामा गुडिरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो। ठक्करपछि स्कुटर अनियन्त्रित भई ट्र्याक्टरमुनि पर्दा सर्राफ गम्भीर घाइते भएका थिए।

दुर्घटनामा स्कुटरको पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकल चालक जितपुरसिमरा–२३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारी घाइते भएका छन्। उनको थप उपचारका लागि वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको छ।

इलाका प्रहरी कार्यालय सिमराले दुर्घटनामा संलग्न ट्र्याक्टर चालक जितपुरसिमरा–४ निवासी ७० वर्षीय शिवराज चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर