वीरगञ्ज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री Sher Bahadur Deubaका छोरा Jayabir Singh Deubaलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

विभागका अनुसार अनुसन्धानका क्रममा केही विषयमा स्पष्टिकरण आवश्यक भएकाले सूचना प्रकाशित भएको मितिदेखि बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ। तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।
सोमबार विभागका प्रतिनिधि Budhanilkanthaस्थित देउवा निवास पुगेका थिए। आन्दोलनका क्रममा क्षतिग्रस्त भएको उक्त निवासमा नै बयानका लागि उपस्थित हुनुपर्ने सम्बन्धी सूचना टाँस गरिएको विभाग स्रोतले जनाएको छ।
जयवीर देउवामाथि Nepal Telecomको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ। सोही विषयमा परेको उजुरीका आधारमा Commission for the Investigation of Abuse of Authority र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको जनाइएको छ।
यस्तै, परिवार सरकारमा रहेका बेला व्यवसाय विस्तारका लागि शक्तिको दुरुपयोग तथा आर्थिक कारोबारमा अनियमितता गरेको आरोपसमेत उनीमाथि लागेको बताइएको छ। यद्यपि, यी आरोपहरू अनुसन्धानकै चरणमा रहेकाले अदालतबाट पुष्टि भइसकेका छैनन्।
यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी Arzu Rana Deubaलाई पनि अनुसन्धानका लागि उपस्थित हुन पुर्जी जारी गरेको थियो। देउवा दम्पतीले उपचारका सिलसिलामा विदेशमा रहेको र साउन मसान्तसम्म नेपाल फर्किने जानकारी विभागलाई पत्रमार्फत गराएका छन्। जयवीर देउवा पनि हाल परिवारसँगै विदेशमा रहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गर्दै आवश्यक परे थप व्यक्तिलाई समेत बयानका लागि बोलाउन सकिने जनाएको छ।




