Lucky-Khabar_

पत्रकारलाई गाली गर्ने भिडियोपछि आदर्श मिश्रविरुद्ध कारबाहीको माग, पत्रकार महासंघ पर्साको ध्यानाकर्षण

वीरगञ्ज| कथित कमेडियन आदर्श मिश्रले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमार्फत पत्रकारहरूलाई गालीगलौज तथा अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघ पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ।

content ad p2

महासंघ पर्साले शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई निवेदन बुझाउँदै कानुनी राज्यमा यस्तो उच्छृङ्खल र अमर्यादित व्यवहार स्वीकार्य नहुने उल्लेख गरेको छ। निवेदनमार्फत मिश्रविरुद्ध प्रचलित कानुनअनुसार छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको महासंघले जनाएको छ।

महासंघका अनुसार पत्रकारिता पेशाप्रति लक्षित गरी अपमानजनक अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रता र पेशागत मर्यादामाथिको आक्रमण हो। पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की, अपमान वा अवमाननालाई सहन नसकिने भन्दै महासंघले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

निवेदन बुझ्दै एसपी पाठकले प्राप्त उजुरीका आधारमा कानुनी प्रक्रियाअनुसार आवश्यक अध्ययन र कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन्।

यस घटनापछि सामाजिक सञ्जालमा पनि मिश्रको अभिव्यक्तिबारे व्यापक बहस भइरहेको छ। पत्रकार महासंघ पर्साले सञ्चारकर्मीहरूको सम्मान, सुरक्षा र पेशागत गरिमाको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर