Lucky-Khabar_

बारा–४ का विभिन्न स्थानमा सांसद रहबर अन्सारीको जनभेटघाट, स्थानीयसँग छलफल तथा सुझाव आदानप्रदान

बारा। प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले बिहीबार बारा निर्वाचन क्षेत्र नं. ४ का विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम सञ्चालन गर्दै स्थानीयवासीसँग प्रत्यक्ष छलफल तथा सुझाव आदानप्रदान गरेका छन्।

content ad p2

कार्यक्रममा सामाजिक सद्भाव, घरेलु हिंसा न्यूनीकरण, गरिब तथा असहाय नागरिकप्रति सकारात्मक व्यवहार र सामाजिक उत्तरदायित्वका विषयमा व्यापक छलफल गरिएको थियो। सांसद अन्सारीले समाजमा आपसी एकता, सहिष्णुता र सहयोगको भावना अभिवृद्धि गर्दै सबै वर्ग र समुदायलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए।

छलफलका क्रममा स्थानीयवासीले आफ्नो क्षेत्रका सामाजिक समस्या, विकासका आवश्यकता तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा आफ्ना राय, सुझाव र जिज्ञासा राखेका थिए। सांसद अन्सारीले प्राप्त सुझावलाई सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीय अगुवा, भद्रभलादमी तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता प्रत्यक्ष जनभेटघाट कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर