Lucky-Khabar_

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट दिए राजीनामा

काठमाडौं|भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर लामो समयदेखि चर्किएको विवाद र बढ्दो राजनीतिक दबाबबीच उनले राजीनामा दिएका हुन्।

content ad p2

नीट परीक्षा सम्बन्धी अनियमितता र प्रश्नपत्र चुहावटको आरोपपछि भारतभर विरोध प्रदर्शन हुँदै आएको थियो। दिल्लीस्थित जन्तर–मन्तरमा करिब एक महिनादेखि विभिन्न विद्यार्थी समूह तथा संगठनहरूले आन्दोलन गर्दै प्रधानको राजीनामा माग गरिरहेका थिए। कक्रोच जनता पार्टी (सीजेपी) सहितका केही समूहले पनि यस विषयमा सरकारको आलोचना गर्दै आन्दोलनलाई निरन्तरता दिएका थिए।

प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामाबारे जानकारी दिँदै देशमा उत्पन्न परिस्थितिको दुरुपयोग राष्ट्रविरोधी शक्तिहरूले गर्न नपाऊन्, विद्यार्थीहरूको भविष्य कानुनी अन्योलमा नपरोस् र उनीहरूले अध्ययन तथा करियरमा ध्यान केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले पद त्याग गरेको बताएका छन्।

यसअघि भारतीय राष्ट्रिय कांग्रेससहित विपक्षी दलहरूले पनि नीट प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए। परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठेपछि भारत सरकार व्यापक आलोचनाको सामना गर्दै आएको थियो।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर